जसपा नेपालको पदाधिकारी र कार्यकारिणी समितिमा भद्रगोल : महतो जातिलाई अटाउन सकिएन

जसपा नेपालको पदाधिकारी र कार्यकारिणी समितिमा भद्रगोल : महतो जातिलाई अटाउन सकिएन

जनकपुरधाम । जसपा नेपालको पदाधिकारी र कार्यकारिणी समितिले पूणर्ता पाएसंगै भद्रगोल भएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन भएको करिब साढे दुई महिनापछि पदाधिकारी र कार्यकारिणी समितिका साथै केन्द्रीय समितिलाई पूणर्ता दिएसंगै पार्टीका पदाधिकारीहरुमा असन्तुष्टि भएसंगै यादवले मधेश जनविद्रोह हुँदा पछि आएको यी उपलव्धी तथापी रमेश महतोको जातीलाई समितिमा अटाएका छैनन्,र बलिदानीलाई व्यर्थको संग्या दिएका छन् ।
त्यसबेला अधिवेशन अध्यक्षको मात्रै टुंगो लगाएर सकिएको थियो । र, त्यसपछि पदाधिकारी मनोनीत गर्ने सर्वाधिकार अध्यक्ष यादवलाई नै दिएको थियो । त्यसकारणले अध्यक्ष आफ्नो आसेपासेलाई पदाधिकारीमा चयन गरिएको एक जना नेताले जनाएका छन् ।

अध्यक्ष यादवले पार्टीको सिद्धान्त र नारालाई धज्जी उडाउदै मात्र आफ्नो फाइदाका लागि यस पदाधिकारी चयन भएको एक अर्का नेताले बताएका छन् जसपा नेपालको पदाधिकारी र कार्यकारिणी समितिले जातपात हेरेर मात्र समितिमा चयन गरिएको छ ।

सहअध्यक्षमा रकम चेम्जोङलाई मनोनीत गरेका छन् भने उपाध्यक्षहरूमा राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्यलाई मनोनीत गरेका छन् ।

यस्तै, महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा रहेका छन् भने उपमहासिचवमा प्रकाश अधिकारी, दीपक कार्की र रेखा यादवलाई मनोनीत गरेका छन् ।

सचिवहरूमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, लाक्पा शेर्पा र कमरुद्दीन राई रहेका छन् । कोषाध्यक्षमा सुरिताकुमारी साह मनोनीत भएकी छन् ।
कार्यकारिणी सदस्यहरुमा हरिनारायण यादव, अर्जुन थापा, डा.सुरेन्द्रकुमार यादव, अशेश्वर यादव, डा.कृष्णकुमार राई, निर्मला यादव, तारा विश्वकर्मा, राजकुमार गुप्ता, जयराम यादव र रामकिशोर यादव रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close