मेलम्चीमा बाढीले ३ तले घर बगायो

सिन्धुपाल्चोकको मेलम्चीमा अविरल वर्षापछिको बाढीले एक घर बगाएको छ । शनिबार बिहान मेलम्ची नगरपालिका ११ स्थित इन्दरावती नदीको छेउमा रहेको तीन तले पक्की घर बाढीले बगाएको हो ।

एक साताअघि आएको भीषण बाढीकै बेला स्थानीय गोपाल दुलालको सो घर जोखिममा रहेकामा शनिबारको बाढीले भत्किन पुगेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

घरपरिवार अन्यत्र स्थानान्तर भइसकेकाले कुनै मानविय क्षति भने भएको छैन ।

एक साताअघिको भीषण बाढीका कारण दर्जनौं घरपरिवार विस्थापित भएका थिए । ratopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close