तेरापंथ युवक परिषदले बीरगंजमा १५ सय युनिट रगत संकलन गर्ने उद्देश्यका साथ बृहत रक्तदान शिविर सञ्चालन गर्ने

तेरापंथ युवक परिषदले बीरगंजमा १५ सय युनिट रगत संकलन गर्ने उद्देश्यका साथ बृहत रक्तदान शिविर सञ्चालन गर्ने भएको छ। परिषदले शनिबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो।

परिषदका सचिव सुमित सेठीयाका अनुसार, भदौ २५ गतेदेखि असोज ४ गतेसम्म निरन्तर ११ दिनसम्म पर्सा र बाराका विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ। यस अभियानमा औद्योगिक प्रतिष्ठान र अस्पतालहरूमा छुट्टाछुट्टै दिनमा रक्तदान कार्यक्रमको आयोजना गरिने जानकारी दिइएको छ।

संकलित रगत नेपाल रेडक्रस सोसाइटी, पर्साको रक्त सञ्चार केन्द्र वीरगञ्जमा हस्तान्तरण गरिनेछ। परिषद वीरगञ्जका लोकेश लोम्मडले यस शिविरमार्फत् १५ सय युनिट रगत संकलन गर्ने लक्ष्य राखिएको र यसअघि २०७९ सालमा आयोजित एकदिने रक्तदान कार्यक्रममा ४२३ युनिट रगत पूर्व अध्यक्ष धीरज जी बोराड को मार्गदर्शन मा संकलन भएको जानकारी दिए।

यो शिविरलाई वीरगञ्ज क्षेत्रका रक्त सञ्चय अभियानमा ठूलो योगदानको रूपमा हेरिएको छ

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close