
जिल्ला चितवन भरतपुर १० स्थित चितवन जिल्ला कारागारका बन्दी किर्तन राजभण्डारीको पहलमा सत्यवचन परम ईश्वरी मार्गदर्शन सामाजिक संस्थाका संरक्षक श्रीकृष्ण आले र राधिका आलेको अगुवाइमा शुद्ध खानेपानीको फिल्टर ट्यांक हस्तान्तरण भएको छ। उक्त खानेपानीको फिल्टर ट्याङ यसै संस्थाका केन्द्रीय अध्यक्ष निरञ्जन पाण्डे र जिल्ला कारागार प्रमुख कमलप्रसाद आचार्य ले रिवन काटी उद्घाटन गर्नुभएको छ।
कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष निरञ्जन पाण्डे उपाध्यक्ष सुभाष श्रेष्ठ कारागार प्रशासन प्रमुख कमलप्रसाद आचार्य लगायत संस्थाका प्रतिनिधि सुन्दर थापा मगर ,दिवाकर थापामगर ,सुशील थापामगर ,दिपु खड्गी ,दिपेश खड्गी , कारागार बन्दी प्रमुख कीर्तनराज भण्डारी र प्रहरी सहायकनिरक्षक कुल बहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै पाण्डेज्यूले आगामी दिनमा यस संस्थाले मानवीय तथा सामाजिक कार्यक्रम अझै जोड पुर्याउने र जिल्ला चितवन कार्यालय मा संस्थाले गर्न सक्ने सम्पूर्ण सहयोगहरु गर्ने अभिव्यक्ति समेत दिनुभयो
कार्यक्रममा बोल्दै कारागार प्रशासनिक प्रमुख कमलप्रसाद आचार्य ले आभार तथा धन्यवाद प्रकट गर्दै यस कार्यक्रमप्रति धन्यवाद दिनुभयो यो कार्यक्रम कारागारमा गर्न पहल गरिदिनु भएकोमा कारागार बन्दी किर्तन राजभण्डारी लाई पनि धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रमलाई समन्वय गरेर सफल सम्पन्न बनाउन नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी सदस्य चन्द्र लामा जिम्बा, भरतपुर २४ का वडा कमिटी अध्यक्ष बिदुर थापा मगर लगायत युवा संगठन नेपाल भरतपुर महानगर कमिटी अध्यक्ष गौरव उपाध्यायलाई संस्थाका केन्द्रीय अध्यक्ष पाण्डेले धन्यवाद प्रकट गर्नुभयो।




