एलन फाउन्डेशनद्वारा पाहलगाम आक्रमणप्रति दुःख व्यक्त, ज्ञापनपत्र पेश

एलन फाउन्डेशनद्वारा पाहलगाम आक्रमणप्रति दुःख व्यक्त, ज्ञापनपत्र पेश

काठमाडौँ । एलन फाउन्डेशनले अप्रिल २०२५ मा पाहलगाममा भएको आतङ्ककारी आक्रमणप्रति गहिरो दुःख व्यक्त गर्दै सम्बन्धित निकायसमक्ष ज्ञापनपत्र पेश गरेको छ।

उक्त आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानेसहित निर्दोष व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै फाउन्डेशनले पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको जनाएको छ। २७ वर्षीय न्यौपाने सार्वजनिक स्वास्थ्य विषयका स्नातक थिए र समाजसेवामा सक्रिय रूपमा संलग्न रहेका थिए।

ज्ञापनपत्रमार्फत फाउन्डेशनले सबै प्रकारका आतङ्कवाद र हिंसात्मक गतिविधिको कडा शब्दमा निन्दा गर्दै यस्ता घटनाले मानवता, शान्ति र क्षेत्रीय स्थायित्वमा गम्भीर असर पार्ने उल्लेख गरेको छ।

साथै, घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न, दोषीमाथि कारबाही सुनिश्चित गर्न तथा सर्वसाधारण नागरिक र पर्यटकहरूको सुरक्षामा प्रभावकारी उपाय अवलम्बन गर्न सम्बन्धित पक्षसँग आग्रह गरिएको छ।

फाउन्डेशनले कूटनीतिक सहकार्य र आपसी समझदारीमार्फत यस्ता दुःखद घटनाहरू दोहोरिन नदिने विश्वास व्यक्त गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close