
वीरगंज, पर्सा
वीरगंज महानगरपालिका वार्ड नं २७ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रको वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले स्थलगत अनुगमन गरेका हुन्।
महानगर उप-प्रमुख आलमले स्वास्थ्य केन्द्रको स्थलगत अनुगमन गरि स्वास्थ्य चौकीबाट अन्य सेवा सुविधा प्रदान गर्नको निमित त्याहा रहेका स्वास्थ्य चौकीमा थप कोठाको निर्माण गर्न निर्देशन दिदै साथै आाफनो तर्फबाट थप सहयोग समेत गरिने बताए।साथै वडा नं २७ मा रहेको १० कठ्ठा ८ धुर सार्वजनिक जग्गा अतिक्रमन गरिएको हुनाले सो जग्गा तत्कालै छुट्याउन निर्देशन दिएका थिए।
उक्त स्थलगत अनुगमनमा वीरगंज महानगरपालिकाका वडा नं २७ का वडा अध्यक्ष हृदय नारायणप्रसाद कुर्मी,कार्यपालिका सदस्य कन्हैया ठाकुर तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल को सहभागिता रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




