
राहुल गुप्ता
जिल्ला प्रशासन कार्यालय पर्साले पत्रकार भेटघाट संगै परिचयात्मक एवं समन्वयात्मक कार्यक्रम सम्पन्न गरेको। पर्सामा नयाँ प्रमुख जिल्ला अधिकारी गणेश अर्याल आएपछि बुधबार पत्रकार भेटघाट संगै परिचयात्मक एवं समन्वयात्मक कार्यक्रम सम्पन्न गरिएको हो। दिउँसो १ वजे जिल्ला प्रशासन कार्यालय मा भएको भेटघाट कार्यक्रममा जिल्लामा भएका विभन्न गतिविधि, समस्या र समसामयिक विषय बारे पत्रकारसँग छलफल गरिएको हो ।
प्रमुख जिल्ला अधिकारीको रुपमा पर्सा आए लगत्तै जिल्लामा भएका सुचानाको समस्या, विकाश, सामाजिक, आर्थिक, राजनितिक, धार्मिक, भौगिलिक प्रशासनिक र शैक्षिक रुपमां भएका समस्याबारे पत्रकारहरु संग कुराकानी गरेका थिए। कार्यक्रममा उनले आगामी दिनमा आफुलाई जिल्लामा भएका पत्रकारहरु वाट सार्वजनिक र व्यक्तिगत रुपमा भएका सुचनाहरु प्राप्त गर्ने बाटो खुलेको बताउनु भएको छ । त्यस्तै उनले पत्रकारहरु ले समाजका नकारात्मक कुराहरु बढी उठाउनु हुन्छ भने सकारात्मक कुराहरु लाई पनि उठाइदिन सुझाएका थिए।
आज भएको कार्यक्रममा पत्रकारहरुले जिल्लामा भएका सडक सञ्चालन, बजार अनुगमन जस्ता समस्याहरुको समाधान गर्न सुझाव राखेको थिए।
आजको कार्यक्रममा सशस्त्र प्रहरी पर्साका प्रमुख प्रहरी उपरीक्षक राधेश्याम धिमाल , नेपाल प्रहरीका प्रहरी उपरीक्षक कुमोध ढुगेंल,नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान,नेपाल पत्रकार महासघं मधेस प्रदेशका महासचिव श्याम बन्जारा,जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ निशान राज गौतम,सुमन कुमार कार्की,नायब सुब्बा कृष्ण कुशवाहा लगायत पर्साका पत्रकारहरुको उपस्थिति रहेको थियो।




