जिल्ला प्रशासन कार्यालय पर्साले द्वारा सरकारी कार्यलयहरुमा छड्के अनुगमन

जिल्ला प्रशासन कार्यालय पर्साले द्वारा सरकारी कार्यलयहरुमा छड्के अनुगमन

राहुल गुप्ता
जिल्ला प्रशासन कार्यालय पर्साले छड्के अनुगमन शुरु गरेको छ । जिल्लास्थित सरकारी कार्यालयहरुले प्रदान गर्ने सेवाहरुलाई प्रभावकारी बनाउन छड्के अनुगमन शुरु गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रशासन कार्यलयका प्रतिनिधिको नेतृत्वमा सरकारी कार्यालयहरुमा छड्के अनुगमन शुरु गरिएको हो । सोमबार पर्सा जिल्ला का ६ ओटा कार्यालयमा अनुगमन गरिएको छ । सार्वजनिक सेवालाई प्रभावकारी, जवाफदेही र जनमुखी बनाउन अनुगमन शुरु गरिएको हो । अनुगमनका क्रममा भूमी सुधार तथा मालपोत कार्यालयमा दरबन्दी कर्मचारी ५१ जना तथा पदपुर्ती कर्मचारी दैनिक ज्यालादारी समेत गरि ५६ जना रहेकोमा ३ जना अनुपस्थित ४ जना विदामा रहेको २१ जना ढिलो गरी कार्यालय आएका थिए ।

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयमा दरबन्दी कर्मचारी २० जना १ जना बिदामा ८ जना अनुपस्थित तथा १ जना हाजिरी नगरिएको पाइएको छ । त्यस्तै यातायात व्यवस्था कार्यालय, पर्सामा कार्यालय प्रमुख समेत गरि ११ जना अनुपस्थित रहेका थिए ।स्वास्थ्य कार्यालय, पर्सा ५ जना अनुपस्थित १ जना बिदामा बसेका, डिभिजन वन कार्यालय ५ जना अनुपस्थित रहेकामा १ जना बिदामा रहेको पाइएको छ । नेपाल विद्युत प्राधिकरण कार्यालयमा इ-हाजिरी लागू भएकोमा विवरण आउन नसकेको जिल्ला प्रशासनले जनाएको छ ।

अनुगमनका क्रममा ढिलो आएका कर्मचारीहरुलाई कार्यालय प्रमुख एवं निरिक्षण टोलीको संयोजकबाट निर्देशन एवं अब उपरान्त यसो गरेको पाईएमा कारवाही समेत गर्ने गरी मौखिक निर्देशन दिईएको छ।

अनुपस्थित देखिएका कर्मचारीहरुको हकमा निरिक्षण टोलीको संयोजकबाट अब उपरान्त साईट/फिल्डमा गएका कर्मचारीहरुको लगबुक राख्ने, निजहरुको विवरण अद्यावधिक राख्ने भनी निर्देशन गरिएको छ भने प्रदेश कार्यालयको हकमा सम्बन्धित मन्त्रालयमा कारवाहीको लागि लेखी पठाउने र अन्य कार्यालयको हकमा सम्बन्धित कर्मचारीसँग स्पष्टीकरण माग गरिने जनाएको छ।

जनसम्पर्क बढी भएको र गुनासो आएका कार्यालयहरूको नियमित अनुगमन गरिने र कार्यालय समयमा उपस्थित नहुने, कार्यालय पोसाक न लगाउने, कर्मचारीको आचरण पालना नगर्ने कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरिने जिल्ला प्रशासन कार्यलय पर्साले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close