
राहुल गुप्ता
वीरगन्ज महानगरपालिकाले भकरै आयोजना गरेको छात्राहरू लाई आत्मरक्षा तालिममा वितरण गरेको बिस्कुट र रियल जुसहरु किरा लागेको पाइएको छ । वीरगन्जका समुदायक तथा निजि बिधालयहरुका छात्राहरु लाई आत्मरक्षा तालिम दिइने भनेर वीरगन्ज महानगरपालिका ले हरेक बिधालय लाई सामेल गराउन उर्दी जारी गरेको थियो ।
बिहान १० बजे देखि आयोजना भएको उक्त आत्मरक्षा तालिममा बितरण गरिएको बिस्कुट र रियलमा सगरमाथा बिधालयमा अध्यनरत बिधार्थीहरु किरा देखि पछि मोबाइल बाट भिडियो खिचेर आफ्नो बिधालयका शिक्षकहरु लाई देखाय पनि कसैले अवाज उठाउन नसकेर आज प्रहार डेलि लाई उक्त भिडियो प्राप्त भइ हामिले उजागर गरेका छौ ।
यसरी एकदिनको तालिमको नाममा हजारौं विद्यार्थी लाई बोलाएर कुहिएको तथा किरा लागेको बिस्कुट र रियल खुवाउनु विद्यार्थीको जीवन संग महानगरले खेलेवार गरेको देखिन्छ । अहिले एकदिनको तालिम दिएर महानगरले करोडौं बजेट खर्च गरेर वीरगन्ज विकास लाई रोकेर औचित्यहिन ठाउमा लगानी गरेको अवाज पनि चारै तिर बाट उठन ठालेको छ ।




