बिरगंज स्थित भारतीय महावाणिज्य दूतावासले जन जातीय गौरव दिवस १५० बिरसा मुण्डा जयंती मनायो

बिरगंज स्थित भारतीय महावाणिज्य दूतावासले जन जातीय गौरव दिवस १५० बिरसा मुण्डा जयंती मनायो

राहुल गुप्ता
वीरगन्ज नेपाल स्थित भारतीय महावाणिज्य दूतावासले १५० औ बिरसा मुंडा जयंती मनाएको छ । उनको जन्मजयन्तीलाई भारत देशले आदिवासी गौरव दिवसका रुपमा मनाउँदै आएको छ प्रधानमन्त्री नरेन्द्र मोदीले पनि धेरै कार्यक्रममा भाग लिइ र बिरसा मुन्डालाई श्रद्धाञ्जली अर्पण गर्ने गरेका छन ।

अंग्रेजहरू विरुद्धको सङ्घर्ष होस्,आदिवासी जग्गा लुट्ने होस् वा कर थोपरेको होस् वा जमिन्दार र साहूकारहरूले आदिवासीहरूमाथि गरेको अत्याचार, बिरसा मुन्डाले ठूलो भूमिका खेलेर अंग्रेज र तिनका दलालहरूलाई पछि हट्न बाध्य तुल्याए । बिरसा मुण्डाको उलगुलान (१८९५-१९००) ले अंग्रेजहरूलाई यति डराए कि रणनीतिको रूपमा बिरसा मुन्डा र उनको आन्दोलनलाई ध्वस्त पारियो। बिरसा मुण्डाको १५० औँ जन्म वर्ष नोभेम्बर १५ मा मनाइदै आएको छ ।

भारतीय महावाणिज्यदूत द्वारा आयोजना गरिएको जयन्ती कार्यक्रममा वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासका प्रमुख डि.एस.मिना ले मन्तव्य दिदै बिर्सा मुण्डाको जन्म १५ नोभेम्बर १८७५ मा तत्कालीन राँची र अहिलेको खुन्ती जिल्लाको उलिहातु गाउँमा आदिवासी परिवारमा भएको बताए । भगवान बिरसा मुण्डको बाटो हिड्नेलाई बिरसाइच भनिन्छ । आज पनि उहाँका चेलाहरू उहाँको बाटोमा हिँड्छन् । बिरसा मुण्डाको जीवन पूर्णतया आदिवासी समुदायलाई समर्पित थियो। बिरसा मुण्डाले अंग्रेजहरुको अत्याचार विरुद्ध बिगुल फुकेका थिए । बिरसा मुण्डा एक प्रगतिशील विचारक र एक सुधारवादी नेता थिए। उनले आफ्नो समाजलाई अन्धविश्वास र लागुऔषध दुव्र्यसन विरुद्ध सचेत गराए । उनले पशु मार्नु ठीक नभएको, बलि दिनु गलत हो, जीवित प्राणीप्रति दया देखाउनुपर्ने भन्दै उनले मदिरा सेवन नगर्न आदिवासी जनजातिलाई सुझाव दिएका थिए ।

आजको कार्यक्रममा वीरगन्जका विभिन्न बिधालयका छात्र छात्राहरुको सहभागिता रहेको थियो भने थारु समुदायका अग्रज महिलाहरु ले आफ्नो सांस्कृतिक प्रस्तुति दिएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close