अबैध रुपमा भन्सार छ्ली ल्याएको लत्ताकपडा बरामद ।

बिरगंज, असोज ०८ गते बिहीबार ।

जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं.७ कुम्हाल टोल बस्ने सुजित कुमार सिंहको घरमा भाडामा डेरा कोठा लिइ नामथर वतन खुल्न नआएको व्यक्तिले भारतबाट भंसार छली चोरी पैठारी गरी कुर्ता सरवालको कपडा १९३ पिस, थानको कपडा ३० थान, नाइटी ३३ पिस र काटेको सुर्ती ३४ के.जी. मालबस्तुहरु अनाधिकृत रुपमा भण्डारण गरेको भन्ने प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले उक्त घर कोठाबाट फेला पारी बरामद गरेको र छपकैया श्रीराम हलको दक्षिणपट्टी नामथर वतन नखुलेको टिनाको छाप्रोमा अनाधिकृत रुपमा भण्डारण गरेको रेडिमेट सर्ट १३७ पिस , काटेको सुर्ती ४५ के.जी. फेला पारी बरामद गरी जम्मा अं.मु.रु.३,००,०००।– (तिन लाख ) बराबरको मालबस्तुहरु बीरगंज भंसार कार्यालयमा बुझाउने कार्य भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close