नेपाल प्रहरीमा चार महिला इन्सपेक्टर डिएसपीमा बढुवा सिफारीस

नेपाल प्रहरीमा चार महिला इन्सपेक्टर डिएसपीमा बढुवा सिफारी

खेमराज खनाल काठमाडौं, ५ जेठ । नेपाल प्रहरीका ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर) मध्ये चार महिला प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले उनिहरुलाई सोमबार डिएसपीमा बढुवा सिफारीस गरेको हो । बढुवा हुनेमा प्रहरी निरिक्षकहरु शर्मिला गुरुङ, चन्चला श्रेष्ठ, रुपा लुबाङ र पुर्णिमाकुमारी चन्द रहेकी छन् ।
चन्द ११ नम्बरमा, गुरुङ १६ नम्बरमा ,श्रेष्ठ २१ नम्बरमा र गुरुङ २३ नम्बरमा बढुवा भएकी हुन् । इन्स्पेक्टरहरु चन्द, गुरुङ, लाबुङ र श्रेष्ठ २०६७ भदौ २४ मा प्रहरी निरिक्षकबाट सिधै नेपाल प्रहरीमा प्रवेश गरेका अधिकृत हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close