
वीरगन्ज जेसिसकाे अध्यक्षमा सराेज चाैरसिया निर्वाचित भएका छन्।वीरगन्जमा शनिबार सम्पन्न सम्पन्न वीरगन्ज जेसिसकाे ५२ ओैं साधरणसभाबाट वीरगन्ज जेसिज वर्ष २०२५ का लागि अध्यक्षमा चाैरसिया निर्विरोध निर्वाचित भएका हुन्।
चाैरसिया पर्साकाे जिराभवानी गाँउपालिकाकाे गाँउकार्यपालिका सदस्यपनि हुन्।२०७९ सालकाे जिल्ला समन्वय समिति पर्साकाे प्रमुख पदमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका चाैरसिया झिनाे मतले पराजित हुन पुगेका थिए।
यस्तै वीरगन्ज जेसिजकाे कार्यकारिणी उपाध्यक्षमा सेराज अन्सारी र पप्पु गुप्तापनि निर्विरोध निर्वाचित भएका छन् ।यसैगरी उपाध्यक्षमा रणधीर बर्णवाल,राेशन दास थारु,निरन्जन साह र रामानन्द चाैधरीपनि निर्विरोध निर्वाचित भएको वीरगन्ज जेसिस-२०२४ का अध्यक्ष अजय चाैधरीले मधेसखबरलाई जानकारी दिए।
वीरगन्ज जेसिसका महासचिव, काेषाध्यक्ष तथा विभिन्न विषयगत समितिका संयाेजक गरि १२ जनालाई नवनिर्वाचित अध्यक्ष चाैरसियाले पुस २७ गते पदस्थापनका दिन मनाेनित गर्ने चाैधरीले जानकारी दिए।
आफ्नो प्रतिक्रिया दिनुहोस




