रोट्रयाक्ट क्लब अफ विरगंज मेट्रोपोलिस र युनाइटेड बिरगंज एवम् रोट्रयाक्ट क्लब अफ सिमरा बाराको सन्युक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

रोट्रयाक्ट क्लब अफ विरगंज मेट्रोपोलिस र युनाइटेड बिरगंज एवम् रोट्रयाक्ट क्लब अफ सिमरा बाराको सन्युक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता
बिरगंज १५ मंसिर बिरगंजको माईस्थान मन्दिर अगाडिको पार्कमा रोट्रयाक्ट क्लब अफ विरगंज मेट्रोपोलिस र युनाइटेड बिरगंज एवम् रोट्रयाक्ट क्लब अफ सिमरा बारा द्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा रोट्रयाक्ट क्लब अफ विरगंज मेट्रोपोलिसका अध्यक्ष दिपु बर्नवालको अध्यक्षता एवं उपाध्यक्ष राम बिनय यादव,सौरभ बर्नवाल,राज कुमार साह,कमल चौलागाईं लगाएतकाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।
उक्त कार्यक्रममा ८ महिला सहित ५० जना रक्तदाताहरुले रक्तदान गरेका थिए।

सो कार्यक्रममा आफ्नो अमुल्य रक्तदान गर्नु हुनेमा कबिता चौधरी,बिधा भारती,पुस्प लता थापा,रिया गुप्ता,राज कुमार चौधरी,दिपु बर्णवाल,मनोज बर्णवाल,बिकि शर्मा,रबि कुमार,सरोज कुमार माझी,बिजय कुमार साह,पपु पण्डित कुम्हाल लागायतकाहरुले आफ्नो अमुल्य रगतदान गरेका थिए।सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप-शाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता एवं बिरगंज रक्त संचार केन्द्रका जितेन्द्र कुश्वाहा लागायतका प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close