पटेर्वा सुगौली गाउपालिका अध्यक्ष हरि नारायण चौधरीको धान्धली विरुद्ध एक युवक को आमरण अनसनको घोषणा

पटेर्वा सुगौली गाउपालिकाको बिकासको लागि ज्ञापनपत्र बुझाउन जादा सो गाउपालिका का अध्यक्ष हरि नारायण चौधरी ले दर्ता नगरी अभद्र ब्यवहार गरेको तथा धम्कीपुर्ण भाषाको प्रयोग गरेको स्थानीय युवक रामजनम चौधरी ले आरोप लगाएका छन।

आफु र आफ्नो परिवार को शान्ति सुरक्षाको तथा आफुले उठाएको मागहरु पूरा गर्न सहयोग का लागि निज ले जिल्ला प्रशासन कार्यलय पर्सामा समेत अनुरोध गर्दा केही सुनुवाइ नभए पछि असार १० गते बाट अनिश्चितकाल का लागि आमरण अनसन को घोषणा गरेको उक्त गाउपालिका का स्थानीय युवक राजेश महतो ले जानकारी गराएका छन।आमरण अनसनमा बसेका रामजनम चौधरी ले विभिन्न दस सूत्रय माग राखेर अनसनमा बसेका छन।

गाउपालिकामा कोरोना को कारण बेरोजगारी बढ्दै गएकोले रोजगारी को ब्यवस्था गर्नु पर्ने, गाउपालिका को रोड कालो पत्रे गर्नु , गाउपालिका को कृषि शाखामा अयोग्य ब्यक्ति हटाइ योग्य ब्यक्ति लाई नियुक्ति गर्नुपर्ने तथा गाउपालिका को ९० प्रतिशत युवक कुलत र लागु औषध मा परेको ले नियन्त्रणका लागि सुधार केन्द्र तथा कडा नियम लागू गर्नु पर्ने, युवाहरु को चौतर्फी बिकास को लागि खेलकुद सप्ताह , कोचिङ , जिम क्लब, भाता तलबको ब्यवस्था गर्नु पर्ने त्यस्तै गाउपालिका मा शिक्षाको अवस्था दैनिय रहेको ले बिधालय मा भौतिक सामाग्री लगायत शिक्षकको पुर्ती गर्नुपर्ने , राम्रो अस्पताल को ब्यवस्था गर्नु पर्ने, महिला को हक, अधिकार,दिगो र चौतर्फी बिकास को समेत माग गरेका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close