नेपाल पत्रकार महासङ्घ बाराको अध्यक्षमा रमेश सुवेदी निर्वाचित

नेपाल पत्रकार महासङ्घ बाराको अध्यक्षमा रमेश सुवेदी निर्वाचित

अभिलाष गुप्ता
बिरगंज २८ मंसिर नेपाल पत्रकार महासङ्घ बाराको अध्यक्षमा रमेश सुवेदी निर्वाचित भएका छन् । शुक्रवार नेपाल पत्रकार महासङ्घको देशभर एकैसाथ सम्पन्न निर्वाचनको क्रममा बाराका पत्रकारहरूले पनि नयाँ नेतृत्व चयनका लागि मतदान गरेका थिए । मतगणना पूरा भएपछि समाजवादी प्रेस सङ्गठनका उम्मेदवार सुवेदीले नेपाल पत्रकार महासङ्घ बाराको अध्यक्ष पदमा जित हासिल गरेका हुन् ।

निर्वाचन कार्यालयका अनुसार, सुवेदीले ७१ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी श्याम यादवलाई चार मतको झिनो अन्तरले पराजित गरेका छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनका साझा उम्मेदवार यादवले ६७ मत प्राप्त गरेका छन् ।कूल १३९ मत खसेकोमा अन्य केही मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । अध्यक्ष निर्वाचित सुवेदी समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सदस्यसमेत हुन् ।

निर्वाचनपछि सुवेदीले आफ्नो जितलाई पत्रकारहरूको एकता र सहकार्यको सङ्केतका रूपमा व्याख्या गर्दै सबैलाई धन्यवाद ज्ञापन गरे । उनले भने, “यो जित सबै पत्रकार मित्रहरूको विश्वास र सहयोगको परिणाम हो । आगामी दिनमा पत्रकारिताको गरिमा बढाउन म समर्पित रहनेछु ।”

पत्रकार महासङ्घ बाराको उपाध्यक्षसहित अन्य पदाधिकारीहरूको मतगणना पनि जारी रहेको छ । पदाधिकारीहरूको नामावली र तिनको मत परिणाम केही समयभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close