
राहुल गुप्ता
जिल्ला प्रहरी पर्साले अबैध तरिकाले लोड गरी बिल बिजक भन्दा बढी लत्ताकपडा तथा हार्डवेयर लगायतका सामानहरू नियन्त्रणमा लिएको छ।
जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्ड बाट ना.६ ख ८३०५ नम्बरको मालवाहक ट्रकमा चेकजाच गरी नियन्त्रणमा लिएको छ। राजश्व छली चोरी गरी विल विजक भन्दा बढी मालबस्तुहरू लोड गरी वीरगञ्जबाट काठमान्डौंतर्फ जाँदै गरेको सूचनाको आधारमा उक्त ट्रकलाई नियन्त्रणमा लिइएको छ ।
नेपाल प्रहरी पर्साको टोलीले उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिई लोड रहेको मालबस्तुहरु को ONLINE VCTS विलमा उल्लेखित भन्दा बढी लोड रहेको आशंकाको आधारमा नियन्त्रणमा लिएको छ । उक्त ट्रकमा कपडा तथा खुद्रा समानहरू लगभग एक करोड तेह्र लाख अठार हजार आठ सय नब्बे रुपैयाँ बराबरको रहेको छ। ट्रक भित्र लोड रहेको मालबस्तुहरू आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको नेपाल प्रहरी पर्साका प्रमुख(एसपी) कोमल शाहले जानकारी गराएका छन।




