पर्साकाे क्षिसियाडीमा विपन्न परिवारका २५० जनालाई कम्बल वितरण

पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडीमा विपन्न परिवारका २५० जनालाई कम्बल वितरण गरिएको छ।शीतलहरसंगै बढ्दो चिसोलाई मध्यनजर गरी बुधबार २५० जनालाई कम्बल वितरण गरिएको हाे ।

जिल्ला प्रशासन कार्यालय पर्सा,वीरगन्ज उद्योग वाणिज्य संघ र नेपाल रेडक्रस सोसाइटी पर्साको सहकार्यमा सिसियाडीमा विपन्न परिवारका बृद्ध-बृद्धा,महिला र पुरुषहरुलाई कम्बल वितरण गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

 

कम्बल वितरण कार्यक्रममा पर्साका जिल्ला अधिकारी अर्याल,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,सानोदीप सामाजिक संस्थाका अध्यक्ष क्रिश पटेल लगायतकाको पनि उपस्थिती रहेको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close