नेपाल पत्रकार महासङ्घ पर्साका नवनिर्वाचित पदाधिकारी, सदस्यहरूलाई रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालले गर्‍यो स्वागत

रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पताल परवानिपुरले नेपाल पत्रकार महासङ्घ पर्साका निर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।

सो अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राकेशकुमार केडियाले महासङ्घका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई स्वागत गर्दै आम जनताको आवाज सरकार समक्ष पुर्याउने माध्यम नै देशको संचार रहेको ले देशको विकासमा पत्रकारिताले उल्लेख्य भुमिका खेलेको बताए । पत्रकारहरु ले जुन आफ्नो कलम मार्फत सकारात्मक सोचहरु जनतामा पुर्याउनु भएको छ त्यो कार्य सराहनीय रहेको बताए ।
त्यस्तै उनले केडिया आँखा अस्पताल ५० वर्ष पुग्न थालेको अवसरमा फागुन १२ गते स्वर्ण महोत्सव मनाउने बताए । सो अवसरमा अस्पतालको नवनिर्मित पाँचतले सुविधासम्पन्न भवन सञ्चालनमा आउने जानकारी गराए ।

कार्यक्रममा निर्वाचित पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल,उपाध्यक्ष निलिमा पौडेल,सचिव बिजय चौहान,सह-सचिव एस.के.चौरसिया,अजय चौरसिया,सदस्य राहुल गुप्ता,रितेश झा,अजित भुजेल,आरोहण साह,सुभास राम,प्रमोद यादव लाई गम्छा ओढाइ स्वागत तथा शुभकामना दिइएको थियो ।

त्यस्तै अस्पतालका मेडिकल डाइरेक्टर नितेश तुल्स्यान, महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण प्रकाशकुमार बर्माले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close