
सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा श्रीपुर मुर्लीद्वारा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित यो कार्यक्रम वीरगञ्ज वडा नम्बर ११ श्रीपुर मुर्ली स्थित सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीको कार्यालयमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीका सचिव कुलनारायण प्रधानको अध्यक्षतामा एवम् प्रमुख अतिथिका रूपमा एसपी गौतम मिश्र उपस्थित थिए।कार्यक्रममा विशेष अतिथिका रूपमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम कुमार बस्नेत रहेका थिए।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीका
उपाध्यक्ष रेखा घिमिरे,राधा शर्मा,मेघ राज सहनी,सचीव दिलिप प्रधान,वडा नम्बर १३ का वडा अध्यक्ष हिलालाल गिरि तथा यस सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीका प्रहरी जवानहरु लगायतका विभिन्न पदाधिकारी, समाजसेवी तथा आजीवन सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एसपी गौतम मिश्रले सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै स्थानीय स्तरसम्म सुरक्षा व्यवस्थालाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरे। उनले सुरक्षा सुदृढीकरणमा नागरिक सहभागिता अत्यन्त आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमहरू जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण रहेको बताए।
यो कार्यक्रमले समुदाय र सुरक्षाकर्मीबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।उक्त कार्यक्रममा स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका सदस्य एवं पत्रकार जगत राईले गरेका थिए भने कार्यक्रम संचालन पत्रकार सुर्य बिकले गरेका थिए ।




