वीरगञ्जमा पहिलो पटक अर्थोकोन २०२५ चार दिवसीय कार्यक्रमको आयोजना हुने

वीरगञ्जमा पहिलो पटक अर्थोकोन २०२५ चार दिवसीय कार्यक्रमको आयोजना हुने

राहुल गुप्ता
वीरगञ्जमा पहिलो पटक अर्थोकोन २०२५ चार दिवसीय कार्यक्रमको आयोजना हुने भएको छ ।कार्यक्रम यहि सन २०२५ फेबरुवरी २६ तारिकको दिन कार्यशाला गोष्टी सुर्य अस्पताल वीरगञ्जमा तथा पि.जि. कोर्ष नेशनल मेडिकल कलेजमा आयोजना हुनेछ । यस्तै २७, २८ र मार्च १ तारिकको दिन वीरगञ्जको क्लार्क रिसोर्टमा गोष्टीको आयोजना हुनेछ ।

पत्रकार समेलनमा पछिल्लो समय अर्थोपेडिक चिकित्सामा नवजात शिशु देखि वृद्धसम्म सबै उमेरका बिरामीहरूको निकै गम्भीरता साथ उपचार हुने गरेको छ भने निकै राम्रो उपलब्धीहरु एवम् सफलता हासिल भएको जानकारी गराइएको छ । आजको विश्व परिधिमा भुलोग साघुरिदै गरेको र हात हातमा संसार सामेल भई रहेको यो अवस्थामा हामी देश बिदेशका चिकित्सकहरुले आफनो ठाउँ र क्षेत्रमा प्राप्त गरेको उपल्बधी तथा नयाँ नयाँ खोज तथा अनुसंधानहरु र आपसमा साटा साट गर्न निकै जरुरी भई सकेको छ ।

अर्थोपेडिक सेवामा जन मानस तथा बिरामीको थप उपचार प्रभावकारी बनाउनका लागि बिभिन्न देशका वरिष्ठ अर्थोपेडिक चिकित्सकहरुको सहभागीतामा अर्थोकोन २०२५ कार्यक्रम तिन दिनको लागि आयोजना हुनेछ ।यस चार दिवसीय कार्यक्रममा स्थानिय परिवेस संगै देशमा सुरु भएका तथा सुरु हुन बार्की रहेको अत्याधुनिक अर्थोपेडिक सेवाको बारेमा चर्चा हुने जनाइएको छ ।

कार्यक्रमको अन्तिम दिन अर्थात मार्च १ तारिकको दिन पत्रकार सम्मेलनको आयोजना गरी चार दिवसीय कार्यक्रमको ठोस उपलब्धी र देश बिदेशका अर्थोपेडिक चिकित्सकहरुको अनुभव सहित अन्तरक्रिया गरी सर्वाजनीक कार्यक्रम रहेको सुर्य अस्पतालमा भएको पत्रकार समेलमा जानकारी गराइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close