नेपाल कै IVF को लागि सबभन्दा सफल सूर्या अस्पताल प्रा. लि.ले गर्‍यो अर्को चमत्कार

नेपाल कै IVF को लागि सबभन्दा सफल सूर्या अस्पताल प्रा. लि.ले गर्‍यो अर्को चमत्कार

सूर्या अस्पताल प्रा. लि. वीरगन्ज, नेपालमा अवस्थित एक प्रतिष्ठित स्वास्थ्य संस्था हो, जसले मधेश प्रदेशका साथै छिमेकी मुलुक भारतको बिहार राज्यका बिरामीहरूलाई पनि सेवा प्रदान गर्दै आएको छ। यो अस्पताल विशेष गरी इन-भिट्रो फर्टिलाइजेशन (IVF) सेवामा विशेषज्ञता राख्छ, जसलाई नेपालकै अग्रणी स्वर्ण पदक विजेता IVF विशेषज्ञ डा. मोनिका यादव र उनको कुशल टोलीले सञ्चालन गर्दै आएका छन्।

सुर्य अस्पतालले पछिल्लो समय प्राप्त गरेको उपलब्धी बारे जानकारी गराउदै डा.मोनिका यादवले ५५ वर्षको महिलाले IVF मार्फत सफलता पुर्वक छोराको जन्म दिएको बताएका छन । बाराको सिम्रौनगढ नगरपालिका वडा नं.०८ का स्थानिय शम्भु यादवका श्रीमती ले १० वर्षपछि आई.भि.एफ. उपचार बिधिबाट एक छोरा जन्मीएको बताएका छन ।

बच्चा जन्मदिएकी शम्भु यादवका श्रीमतीको अवस्था बारे जानकारी गराउदै डा. मोनिका यादवले उक्त महिला मा आई.भि.एफ पहिलो पटकमै गर्भ रहन गएको तर ६ महिना पछि श्रीमतिको उमेर हदका कारण उच्च रक्तचाप देखिएकोले सो उपचार सुरु गरिएको थियो । गर्भ रहेको २८ हप्तामा पाठेघरको नसा खुच्एिको पनि देखियो ३० हप्तामा पाठेघरमा पानीको कमी पनि देखिएकोले शल्यक्रियाबाट शिशुलाई निकाल्नु पर्ने अवस्था आयो । सुरक्षीत शल्यक्रिया पछि करिब एक किलो दुई सय ग्रामको नवजात शिशुलाई डा. शैलेश ठाकुर,डा कुशराज गिरी र डा मधुरेन्द्र गुप्ताको टिमले यस सूर्या हस्पिटल कै NICU मा राखि १९ दिन उपचार गरिएको थियो । हाल आमा र शिशु दुबै सुरक्षीत उनले जानकरी गराएका छन।

त्यस्तै अहिले सुर्य अस्पतालमा आधुनिक उपकरण र प्रविधिको प्रयोग गरी विश्वस्तरीय IVF ल्याब सञ्चालनमा रहेको छ, जसले गर्दा बिरामीहरूलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्न सक्षम भएको छ। यसले गर्दा मधेश प्रदेश तथा भारतको बिहार राज्यका विभिन्न जिल्लाका बिरामीहरू सूर्या अस्पतालमा उपचारका लागि आकर्षित भएका छन्। ​

यसरी, सूर्या अस्पतालले आफ्नो उच्चस्तरीय सेवा र विशेषज्ञ टोलीको माध्यमबाट मधेश प्रदेश र भारतको बिहार राज्यका बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। ​

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close