
राहुल गुप्ता
वीरगंज ।नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षणमा अलौं,अमरपट्टी नाका बाट व्याप्क रुपमा तस्करी फस्टाएको छ। ड्राइपोर्ट सिर्सिया प्रहरी चौकीका सई गगन बहादुर शाही र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट अलौं गुल्मका डीएसपी कृष्ण पुजाराले मासिक रुपमै ५० हजार, लाख दर रेट पर तस्कर हेरि हेरि तोकी ठुलो तस्करहरु जस्तै कपडा, हार्डवेयर इतयादी तस्करहरुबाट १ एक लाख सम्मको महिना लिएका छ्न।
वर्षौँदेखि तस्करीलाई नै आफ्नो व्यवसाय बनाएका पर्सा अलौं कोनियाका बैजनाथ यादव भैसी ,कपडा इतयादी समानहरु भारतको रक्सौल बाट सम्मान लियाइ पर्सा जिल्लाको सहर वीरगंज देखी आसपास बारा जिल्लको जितपुर सम्म किराना पसल तथा कपडा पसलहरुमा सम्मान पुर्याउने गर्दछन।साथै भैसि व्यापारीहरूको सेट्टिङ्गमा भैसी,रागाको जिम्मा लिइ भलुवाहा मोठ हुदै कोनिया ल्याउदै बारा जिल्लाको जितपुर सम्म पुर्याउने गर्दछन। साथै जितनारायण यादवले पनि भैसि व्यापारीहरूको सेट्टिङ्गमा भैसी,रागाको जिम्मा लिइ भलुवाहा मोठ हुदै कोनिया ल्याउदै बारा जिल्लाको जितपुर सम्म पुर्याउने गर्दछन।
त्यसतै हरिश्चन्द्र साह, लङ्गटु ,खोबारी महतोले किराना सम्मानहरु,हार्डवेयरका सम्मानहरू भारतको रक्सौल बाट ल्याई अलौं चोक,वीरगंज देखी बारा जिल्लाको जीतपुर सम्म पुर्याउने गर्दछन।
त्यसतै सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सिर्सिया शिक्षा अफिस र प्रहरी चौकी भकुवाको मिलोमतोबाट सिर्सिया र छपकैया नाकाबाट तस्करी फस्टाएको छ ।नामि तस्कर कपडाका पशुपती यादवको तस्करी सुचारू हुनुको साथै संयौ तस्करहरुको तस्करी सुचारु भएको नाम नलेखने शर्तमा ऐक जना तस्करले जानकारी दिए।
कुनै पनि व्यापार गर्ने व्यापारीले कारोबार गर्ने स्थलमा पान÷भ्याट नम्बर वा कम्पनीको नाम देख्ने गरी अनिवार्य राख्ने कानुनी प्रावधान भएपनि बैजनाथ यादव र पशुपति यादवले कम्पनीको नाम समेत राखेका छैनन् आपनै घरमा र अरु ठाउँमा गोदाव भाडामा लिइ सरकारले उठाउनु पर्ने राजश्व छल्ने कारोबार गर्ने बैजनाथ यादव र पशुपति यादव माथि राजश्व कार्यालय वीरगंजले निगरानी गर्नु पर्नेमा त्यस्तो नहुँदा तस्करी मार्फत भारतको रक्सौल, भेलाही बाट दैनिक लाखौँ मूल्य बराबरको तस्करी भई सरकारले उठाउने राजश्व गुमिरहेको स्थानीयले गुनासो गरेका छन्। ।
तस्करी रोकनको निमित्त गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय पर्सा ,राजस्व संकलनमा योगदान निदे राजस्व अनुसन्धान कार्यालय ,आन्तरिक राजस्व कार्यालयको ध्यान जान आवश्यक देखिन्छ।



