समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष सुमन नेतृत्वको कमिटी नै आधिकारिक

समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष सुमन नेतृत्वको कमिटी नै आधिकारिक

समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन नेतृत्वको जिल्ला कमिटीले आधिकारिकता पाएको छ।

समाजवादी प्रेस संगठन नेपालको मिति २०८२ जेठ २ गते बसेको कार्यालयको बैठकले अध्यक्ष सुमन नेतृत्वको समिति नै आधिकारिक रहेको निर्णय गरेको हो । संगठनका केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले संगठनको पर्सा जिल्लामा रहेको विवाद व्यवस्थापन गर्न वरिष्ठ उपाध्यक्ष नवराज छत्कुल्ली संयोजक रहेको विवाद व्यवस्थापन समिति बनाएको थियो ।

सोही समितिको प्रतिवेदन समेतलाई आधार मानी २०८० साल माघ १२ गते संगठनका तत्कालीन पदाधिकारी, पार्टी जिल्ला नेतृत्वसहितको उपस्थितिमा भएको संगठनको पर्सा जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष शम्भु कुमार सुमन रहेको कमिटीलाई आधिकारिता दिने निर्णय गरेको संगठनका महासचिव रोहित दाहालले जानकारी दिए ।
महासचिव दहालले बुधबार समाजवादी प्रेस संगठन, नेपालका उपाध्यक्ष एवं मधेश प्रदेश इन्चार्ज सुभाष प्रसाद साह, केन्द्रीय सचिव वृजलाल पासवान र पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमनलाई एक पत्र लेख्दै सोही अनुसार संगठनको काम गर्न/गराउन आग्रह समेत गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close