
देवचुली नगरपालिका वडा न.२ लाई आज शिल गरियो
नवलपुर , जेष्ठ ०७ गते बुधबार ।
देवचुली नगरपालिका वडा नम्बर २ लाई आज शिल गरिएको छ । दश दिन अघि कोरोना संक्रमित महिला आफ्नो माइतीलाई भेट्न देवचुली दुम्कौलीमा आएकी थिइन । भैरहवाबाट लकडाउनकै समयमा आफ्नो माइतीलाई भेटेको हुदा सो क्षेत्रमा शिल गरिएको जिल्ला प्रशासन कार्यलय नवलपुरले जानकारी दिएको छ । देवचुली २ को चौधरी उद्योग देखि पुर्व र रजहर मकुण्डे खोला पुलबाट पश्चिम तर्फबाट वडालाई शिल गरिएको प्रशासन कार्यलयले जनाएको छ । केहि समय पछि उक्त महिलाको माइति परिवारमा कोरोना परिक्षण गरिने समेत जनाइएको छ ।
संक्रमित युवतीको स्वाब परिक्षण काठमाण्डौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट हिजो मात्र रिपोट पोजेटिभ देखिएको थियो । संक्रमित महिला काठमाण्डौमा नै आईसोलेसनमा उपचाररत रहेको बताईएको छ । यो संगै देवचुली नगरपालिकामा कोरोना संक्रमितको संख्या दुई पुगेको छ ।