बारा प्रहरीले बेवारिसे ६२ बोरा चना बरामद गरी भन्सार दाखिला ।

बारा , असार २५ गते शुक्रबार ।

बारा प्रहरीले तस्करीका ६२ बोरा चना बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत प्रहरी चौकी मुसहर्वा बारा समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार राति ११:५० बजे गस्तीको क्रममा जिल्ला बारा विश्रामपुर गा.पा.वडा नं.३ स्थितमा भारतबाट भन्सार छली तस्करी गरी नेपाल भित्राएको भन्सार मुल्य रू.१,१६,२५०।- बराबरको ६२ बोरा (१५५० कि.ग्रा.) भुटेको चना वेवारिसे अवस्थामा फेला पारी वरामद गरी आवश्यक कारवाहीको लागि आज भंसार कार्यालय बीरगंजमा बुझाइएको बारा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close