वीरगंजको इनर्वामा बिराट दंगल कुस्ती प्रतियोगिता सम्पन्न।

वीरगंज, पर्सा
वीरगंज महानगरपालिका वडा नं १६ को इनर्वामा हरेक साल जस्तै यस साल पनि छठ पर्वको अवसरमा दुई दिने बिराट दंगल कुस्ती प्रतियोगिता सम्पन्न भएको छ।

उत्क बिराट दंगल कुस्ती प्रतियोगिताको उदघाटन संसदीय निर्वाचन क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्य मा.संघीय सांसद प्रदीप यादवले गर्नु भएको थियो ‌

वीरगंज–१६ ईनर्वा द्वारा आयोजित विराट दंगल कुस्ती प्रतियोगिता को आज समापन भएको छ। छठ पुजाको शुभ अवसरमा दुई दिने चलेको सो कुस्ती प्रतियोगिता मा भारत र नेपाल का चर्चित पहलवान हरूँ भाग लिएका थिए।

समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा संघीय सांसद
मा.प्रदीप यादव ज्युले कार्यक्रम आयोजना गर्ने आयोजक कमिटी र सफल पार्न सहयोग गरेका सुरक्षा निकाय लगायतलाई समेत सम्मान गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close