
राहुल गुप्ता
नेपाल औषधी व्यवसायी संघ पर्सा जिल्ला शाखामा भएको निर्वाचन विरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जमा उत्प्रेषण / परमादेश को मांग गर्दै
मुद्दा दायर भएको छ । माननीय न्यायाधीश भरत लम्सालको एकल इजलाशले यसमा के कसो भएको हो ? निवेदकको मांग बमोजिमको उत्प्रेषण / परमादेशको आदेश किन जारी हुनु नपर्ने हो ? भन्दै १५ दिन भित्र विपक्षीहरुलाई लिखित जवाफ आफै वा कानुन व्यवसायी मार्फत पेश गर्न आदेश दिएको छ ।
निवेदक मारुती ईमेक्स फर्मको प्रो. मानव राजपालले नेपाल औषधी व्यवसायी संघका अध्यक्ष ताजुदिन अन्सारी,राहुल खण्डेवाल प्रमोद सरार्फ रामबाबू साह, राम पाण्डे, रामविनोद प्रसाद लगायत निर्वाचन समिति समेतलाई विपक्षी बनाएर मुद्दा हालेका छन्। मनोमानी ढंगले संघको निर्वाचन भएको रिट निवेदनमा जिकिर गरिएको छ । आगामी २४ गते अन्तरिम आदेशको लागि पेशी चढेको छ । दुबै पक्षलाई डाकेर छलफल पश्चात् उच्च अदालतले अन्तरिम आदेश जारी नगर्ने टुंगो लाग्ने छ।