शेखर कोइराला समूहलाई एकजुट गर्न बर्दिबासमा भव्य कार्यकर्ता भेला, संविधानसभा सदस्य अमात्यको नेतृत्वमा निर्णायक तयारी

शेखर कोइराला समूहलाई एकजुट गर्न बर्दिबासमा भव्य कार्यकर्ता भेला, संविधानसभा सदस्य अमात्यको नेतृत्वमा निर्णायक तयारी

नेपाली कांग्रेसको आसन्न महाधिवेशनलाई लक्षित गर्दै शेखर कोइराला समूहलाई एकताबद्ध गर्ने उद्देश्यले मधेस प्रदेशको बर्दिबासमा एक भव्य कार्यकर्ता भेला आयोजना गरिएको छ। संविधानसभा सदस्य तथा वरिष्ठ नेता राजेन्द्र बहादुर अमात्यको सक्रिय नेतृत्वमा आयोजना हुने उक्त कार्यक्रमलाई संगठनभित्रको शक्ति सन्तुलनको निर्णायक तयारीको रूपमा हेरिएको छ।

कार्यक्रममा मधेस प्रदेशभरिका विभिन्न जिल्लाबाट नेपाली कांग्रेसका नेता, जिल्ला सभापति, युवा तथा महिला नेतृहरू, र स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहनेछ। शेखर कोइराला समूहलाई सशक्त बनाउँदै महाधिवेशनमा विजय सुनिश्चित गर्ने रणनीतिसहित यो कार्यक्रम आयोजना गरिएको हो।

राजेन्द्र बहादुर अमात्यले विगतदेखि नै पार्टीभित्र वैचारिक स्पष्टता, संगठनात्मक सुदृढीकरण र नेताहरूबीचको समन्वयमा विशेष भूमिका निभाउँदै आएका छन्। अमात्यको पहलमा बर्दिबासमा जुटेको यो भेला महाधिवेशनको पूर्वसन्ध्यामा महत्वपूर्ण रणनीतिक मञ्चका रूपमा देखिएको छ।

कार्यक्रमको पूर्वसन्ध्यामा आज बसेको बैठकमा शेखर कोइराला समूहको तर्फबाट केन्द्रीय नेताहरू देव राज चालिसे र गुरु राज घिमिरेको उपस्थिति रहेको थियो। त्यस्तै मन्त्री कौशल किशोर राय, पूर्व सांसद लक्ष्मण राय
,पूर्व प्रदेश मन्त्री राम सरोज यादव,संविधानसभा सदस्य रामचन्द्र चाैधरी, दिनेश परसाईला लगायतका जिल्ला स्तरिय नेताहरूको उपस्थिति रहेको पर्सा जिल्लाका नेता रोशन लामिछानेले जानकारी गराएका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close