कम परिमाणमा जाँचपास गर्ने दुई आयातकर्तालाई कारवाही, ८ करोड ८६ लाख जरिवाना तिरे

चीनबाट सिसा आयात गरी सिर्सिया सुक्खा बन्दरगाह भन्सारलाई झुक्याउन खोज्ने दुई आयातकर्ता कारवाहीमा परेका छन्।

सुक्खा बन्दरगाहले गत चैत ८ गते बालाजी ग्लास प्रालि काठमाडौंलाई २ करोड ५३ लाख जरिवाना गरेको थियो। यस्तै गत साता  राजधानीकै अर्को तिरुपति ग्लास उद्योगलाई ६ करोड ३३ लाख गरी कुल ८ करोड ८६ लाख जरिवाना गरिएको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत डा. लालबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार आयातकर्ताले कम साइज र कम परिमाणमा सिसा आयात गरेको बताएपनि जाँचपासमा सामानको परिमाण बढी भेटिएकोले भन्सार ऐन अनुसार ५ सय प्रतिशत जरिवाना गरिएको बताए ।

‘आयातकर्ताले घोषणामा साढे ४ एमएम मोटाई भएको  भनेका छन्, तर जाँचपासमा ५ एमएम बढि भेटिएको थियो,’उनले भने,‘त्यसैगरी, आयात गरिएको भन्दा पनि बढी तौल भेटिएकोले कारबाही भएको हो।’

भन्सार कार्यालयका  सूचना अधिकारी चूडामणी शर्मा कट्टेलले यी दुबै सिसा आयातकर्ताको घटनापछि अन्य सामानको आयातकर्ताको घोषणा पत्रलाई भन्सार अधिकारीहरुले सुक्ष्म किसिमले समानको जाँचपास गरिरहेको बताए ।

उनले भन्सार कर्मचारीलाई झुक्याउने कसैलाई छुट नहुने र दोषी भेटिएको खण्डमा कारबाही हुने बताए । जरिवानाको रकमबाट भन्सार कार्यालयको मासिक राजस्व संकलनमा योगदान पुगेको छ ।bizmandu

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close