
वीरगन्ज महानगरपालिका–१० ले सर्वसम्मत निर्णयमार्फत नयाँ कार्यसमिति चयन गरेको छ। क्लबको अध्यक्षमा सन्तोष गुप्ता निर्वाचित भएका छन्।
उपाध्यक्ष पदमा कृष्ण बहादुर खड्का, सुरेन्द्र पासी र नबाब अली चयन भएका छन् भने द्वितीय उपाध्यक्षमा अनुप नागरकोटी निर्वाचित भएका छन्।
त्यसैगरी, सह–अध्यक्षको जिम्मेवारी असल अहमद र उमेश कंसले पाएका छन्। सचिवमा सुरेन्द्र श्रीवास्तव र सह–सचिवमा प्रताप महर्जन चयन भएका छन्।
कोषाध्यक्षको रूपमा अरुणु महर्जनले कार्यभार सम्हाल्नेछिन्। क्लबका सदस्यहरूमा जितेन्द्र पटेल, अम्बे्रश महतो, विनोद बज्राचार्य र उमेश गुप्ता रहेका छन्।
नव–निर्वाचित कार्यसमितिका पदाधिकारीहरूले क्लबलाई अझ सशक्त, सक्रिय र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस




