श्री शारदा मा.वि. परीक्षा केन्द्रमा खुल्लमखुल्ला चिट; मेहेनेती विद्यार्थीहरू हैरान

श्री शारदा मा.वि. परीक्षा केन्द्रमा खुल्लमखुल्ला चिट; मेहेनेती विद्यार्थीहरू हैरान

राहुल गुप्ता

बहुअरीस्थित श्री शारदा माध्यमिक विद्यालयमा सञ्चालित (HA) परीक्षा केन्द्रमा खुला रूपमा चिटचोरी भइरहेको सूचना प्राप्त भएको छ। एक जागरुक परीक्षार्थीले प्रहार डेलीलाई जानकारी गराउँदै आफूजस्ता पढ्नमा मेहनती विद्यार्थीहरूलाई चिटचोरीका गतिविधिहरूले अत्यधिक असर पुर्‍याइरहेको बताए।

विद्यार्थीका अनुसार परीक्षा हलभित्रै परीक्षकहरूको आँखा अगाडि नै केहि परीक्षार्थीहरूले निर्बाध रूपमा चिट प्रयोग गरिरहेका छन्। “हामीजस्ता मेहनत गर्ने विद्यार्थीहरूलाई यस्तो खुल्ला चोरीका कारण मनोबल घटिरहेको छ,” उनले गुनासो गरे।

सम्बन्धित विद्यालय प्रशासन वा परीक्षा नियन्त्रक निकायले अहिलेसम्म यस विषयमा कुनै ठोस कदम चालेको देखिँदैन। स्रोतका अनुसार, कतिपय शिक्षक तथा कर्मचारीहरू नै चिटमा मिलेमतो गरिरहेको शंका पनि गरिएको छ।

स्थानीय अभिभावकहरू तथा शिक्षा सरोकारवालाहरूले परीक्षा प्रणालीको निष्पक्षता सुनिश्चित गर्न चाँडोभन्दा चाँडो छानबिन र कडाइका साथ कार्यान्वयनको माग गरेका छन्।

शिक्षा मन्त्रालय, परीक्षा नियन्त्रण कार्यालय र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै विद्यार्थीले निष्पक्ष र अनुशासित परीक्षा वातावरणको माग गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close