जुवा खेल्दै गरेको अवस्थामा नगद सहित ५ जना जुवाडे पक्राउ ।

जुवा खेल्दै गरेको अवस्थामा नगद सहित ५ जना जुवाडे पक्राउ

जनकपूर, जेष्ठ ०९ गते शुक्रबार ।

जुवा खेलीरहेको अवस्थामा प्रहरिले जनकपूरबाट ५ जना जुवाडेलाई पक्राउ गरी सार्बजनिक गरेको छ l प्रहरीले जनकपुरको जनकपुरधाम उपमहानगरपालिका–९ पिडारी चोक स्थित जानकी वाटिकाको गेस्टहाउसबाट ५ जना जुवाडे पक्राउ परेका गरेको छ । जुवा खेल्दै गरेको अवस्थामा आज (शुक्रवार) दिउँसो उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पक्राउ पर्नेहरुमा मिथिला बिहारी नगरपालिका–७ का ५६ वर्षीय किशोरी साह, जनकपुरधाम उपमहानगरपालिकाका ५५ बर्षीय बिल्टु बरही र ३५ बर्षीय मोसतकिङ राईन, ४७ वर्षीय जसिन कवाडि र ३४ वर्षीय रमेश साहु रहेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय जनकपूरका प्रहरी उपरिक्षक रामेश्वर कार्कीको अनुसार गेस्ट हाउसमा लुकेर जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा होटलमा छापामार्दा उनीहरु पक्राउ परेका हुन्।

जुवाको खालबाट २ लाख ७ हजार ५ सय २५ रुपैयाँसहित पाँचै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको उनले बताए l यसबारे थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close