बाल संगठनको केन्द्रीय सदस्यमा दिनेश यादव

बाल संगठनको केन्द्रीय सदस्यमा दिनेश यादव

नेपाल बाल संगठनको चालू महाधिवेशनमा मधेश प्रदेशवाट केन्द्रिय सदस्यमा दिनेश कुमार यादव चयन भएका छन् । फागुन २५ गते बालमन्दिर, नक्साल काठमाडौमा भएको बाल संगठनको केन्द्रीय सभाको महाधिवेशनवाट यादव केन्द्रीय सदस्यमा चयन भएका हुन । मधेस प्रदेशबाट अर्का केन्द्रीय सदस्य समिम बाबु पठान चयन भएका छन् ।

त्यसैगरी, महाधिवेशनले विद्या उपाध्याय न्यौपानेलाई केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । देशका सातै प्रदेशबाट दुई दुई जना केन्द्रीय सदस्य सहित एकजना अध्यक्ष रहेको केन्द्रीय सभा चयन हुने प्रावधान बमोजिम अध्यक्ष तथा केन्द्रीय सदस्यहरु चयन भएका हुन । निर्वाचन समितिबाट शपथग्रहण गरी अध्यक्ष न्यौपानेले नवनिर्वाचित केन्द्रीय सदस्यहरुको शपथग्रहण गराई प्रमाणपत्र वितरण गरेकी थिइन् ।

महाधिवेशनले संस्थाका गतिविधिहरुको समीक्षा गर्दै विभिन्न प्रतिवेदनहरु उपर छलफल गरी पारित गरेको थियो । बालबालिकाहरुको हीतमा केन्द्रित रहने गरी राष्ट्रिय निर्देशन ऐन २०१८ बमोजिम २०२१ सालमा स्थापित नेपाल बाल संगठनको केन्द्र तथा जिल्ला तहमा बाल मन्दिर तथा बालगृहहरु सञ्चालनमा रहेका छन । बालबालिकाहरुलाई पालनपोषण र शिक्षा दीक्षा सहित संरक्षणका विभिन्न गतिविधिहरु बाल संगठनले सञ्चालन गर्ने गरेको केन्द्रीय सदस्य दिनेश यादवले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close