
बिरगंज , असार ०४ गते बिहीबार ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले बुधबार साझ ७ बजेको समयमा जिल्ला पर्सा बी.म.न.पा.वडा नं.१६ ईनर्वा चोक स्थित जिल्ला बारा बिश्रामपुर गा.पा.वडा नं.४ बलिरामपुर बस्ने बर्ष ३५ को तस्करको रुपमा चिनिने सुरेन्द्र भन्ने मुकेश साह कलवारले बीरगंजबाट छोगडा लगायतका मालबस्तु लोड गरी भारतको रक्सौलतर्फ लादै गरेको ट्याक्टर सहितको छोकडा मिति २०७७।०३।०२ गते प्रहरीले पक्राउ गरेको बिषयलाई लिई डिउटीमा खटिएको प्रहरीसंग अपशव्द प्रयोग गरी वादविवाद दुरव्यवहार समेत गरेकोले प्रहरी टोलीले सम्झाई बुझाई गर्दा समेत नमानि उल्टै डिउटीमा खटिएको प्रहरी टोली संग झै-झगडा समेत गरी सार्वजनिक स्थानमा अशान्ति मच्चाएकोले निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्साबाट सार्वजनिक शान्ति बिरुद्धको कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।




