सर्लाहीको नाकामा भारतीयले हतियार खोसेपछि सशस्त्र प्रहरीले हान्यो १५ राउन्ड गोली

सर्लाहीको नारायणपुर नाकामा शुक्रबार बिहान भारतीयहरूले सशस्त्र प्रहरीको हतियार खोसेपछि गोली चलेको छ।

सशस्त्र प्रहरी बलका सर्लाहीका एसपी गंगाराम श्रेष्ठले सशस्त्र प्रहरीले १५ राउन्ड गोली हानेको सेतोपाटीलाई पुष्टि गरे।

‘नेपाल आउन खोजेका भारतीयलाई रोक्न खोज्दा ड्युटीमा रहेका सशस्त्रमाथि आक्रमण गरे। हतियार खोसेर लगे। हतियार फिर्ता ल्याउनहामीले पहिला १० राउन्ड हवाइ फायर गर्‍यौं तैपनि उनीहरूले हतियार नदिएपछि पछि पाँच राउन्ड गोली हानेका हौं,’ एसपी श्रेष्ठले भने।

 

उनले घटनामा तीन भारतीय र  सशस्त्रका पनि केही जवान घाइते भएको बताए।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।  setopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close