पर्साकी पहिलो महिला बलिउड फिल्म निर्माण गर्ने तयारी ।

बिरगंज , असोज ०३ गते आइतबार ।

केहीअघि गायिका स्मिता दाहाल तथा ‌भारतीय गायक शबाब साबरीलाई लिएर हिन्दी गीत इबादत बन गए हो…को म्युजिक भिडियो निर्माण गरेकी नेपाली चेली पूनम यादव यतिबेला एउटा बलिउड फिल्म निर्माणको तयारीमा जुटेकी छिन् ।

महिला उद्यमीको रूपमा स्थापित यादवले ठूलो बजेटमा बलिउड फिल्म बनाउन लागेको बताएकी छिन् । चाँडै आफ्नो पहिलो बलिउड फिल्मको घोषणा गर्ने तयारीमा रहेको यादव अहिले भारतमै स्क्रिप्ट लेखनको काम भइरहेको बताउँछिन् । आफूले बनाउन लागेको पहिलो बलिउड फिल्ममा नेपाली कलाकारहरुलाई अवसर दिने यादवको भनाई छ ।

नेपाली कलाकारलाई संसारभर चिनाउनु नै आफ्नो उद्देश्य रहेको उनी बताउँछिन् । उनी बलिउडसँगै नेपाली फिल्म निर्माणको तयारीमा समेत रहेकी छन् । उनको पहिलो नेपाली फिल्मलाई ‘क्याप्टेन’ फेम्ड निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्नेछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close