
भारतले नेपाल माथी अनिश्चित नाकाबन्द गर्ने तयारी गर्दै
वीरगन्ज १३ जेठ । लिपुलेक अतिक्रमणवारे नेपालमा जारी चर्को विरोधका बीच भारतले अनिश्चित कालका लागि नाकाबन्दी गर्ने तयारी गरेको छ ।
दिल्ली स्थित उच्च राजनीतिक स्रोतले दिएको जानकारी अनुसार नेपालविरुद्ध अनिश्चितकालका लागि लगाइने नाकाबन्दीकालागि आगामी साता निर्णय हुनसक्ने छ ।
स्रोतका अनुसार मन्त्रिपरिषदबाटै नेपालविरुद्ध अनिश्चित कालकालागि नाकाबन्दी लगाइने तयारी भइरहेको छ । अनिश्चितकालिन नाकाबन्दीका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले बिहारका मुख्यमन्त्री नितिश कुमार र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग तयारी गरिसकेको पनि जनाइएको छ ।
अनिश्चितकालिन नाकाबन्दीबारे भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको समेत सर्मथन रहेको जनाएको छ । यसअघि, विसं २०७२ असोज ३ मा २० सेप्टेम्बर २०१५ नेपालमा संविधान जारी भएपछि भारतले नेपालमाथि करिब पाँच महिना अघोषित नाकाबन्दी लगाएको थियो ।
यसअघि, विसं २०७२ असोज ३ मा २० सेप्टेम्बर २०१५ नेपालमा संविधान जारी भएपछि भारतले नेपालमाथि करिब पाँच महिना अघोषित नाकाबन्दी लगाएको थियो । स्रोत : न्युज ३६ मिडिया




