सर्लाहीको हरिवन बजार अनुगमन , ४ फर्मलाई कार्वाही सोरुप १ लाख ७० हजार जरिवाना ।

सर्लाही , हरिवन – फागुन २० गते बिहीबार ।

बाणिज्य , आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंज पर्साले सर्लाहीको हरिवन बजार अनुगमन गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा इलाका प्रशासन कार्यालय हरिवन, इलाका प्रहरी कार्यालय हरिवन,हरिवन नगर पालिकाको कार्यालय, नगरउधोग वाणिज्य संघ हरिवनको प्रतिनिधि सहित हरिवन बजार अनुगमन गर्दा ४ फर्मलाई १ लाख ७० हजार उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल जरिवाना गरिएको छ ।

कार्वाहीमा पर्नेमा मोहन किराना पसल, हरिवन वडा न. ९ सर्लाहीले मूल्यसूची नराखेकोले रु. ५० हजार , न्यु दीपक बस्त्रालय-हरिवन वडा न.९ सर्लाहीले मूल्यसूची नराखेकोले रु.५० हजार , सुयोग ट्रेडर्स, हरिवन वडा न.९ सर्लाहीले मूल्यसूची नराखेकोले रु.५० हजार र निशा हार्डवेयर, हरिवन वडा न.९ सर्लाहीले अनुगमन कार्यमा असहयोग गरेकोले रु.२० हजार सहित जम्मा रु. १ लाख ७० हजार तत्काल जरिवाना गरिएको र उत्त रकम ७दिन भित्र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न निर्देशन दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यलयको सूचना अधिकारी दिलिप खंग खत्वेले पर्सा पोस्टलाई जानकारी दिनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close