
वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट वीरगञ्ज महानगर सदस्यका रूपमा महासिन राजाले आफ्नो राजनीतिक एजेन्डा सार्वजनिक गरेका छन्।
राजाले शिक्षा, स्वास्थ्य र सुशासनलाई मुख्य प्राथमिकतामा राख्दै महानगरमा काम गर्ने प्रतिबद्धता प्रचार सामग्रीमार्फत सार्वजनिक गरेका हुन्। उनले गुणस्तरीय शिक्षा, सबै नागरिकका लागि सहज स्वास्थ्य सेवा तथा पारदर्शी र जवाफदेही सुशासनलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्।
“वैकल्पिक सोच, स्वच्छ राजनीति र समृद्ध नेपाल” भन्ने नारासहित सार्वजनिक गरिएको प्रचार सामग्रीमा राजाले परम्परागत राजनीतिक शैलीभन्दा फरक ढंगबाट महानगरवासीका आधारभूत आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।
महानगर सदस्यका रूपमा प्रस्तुत भएका राजाले शिक्षा, स्वास्थ्य र सुशासनका क्षेत्रमा सुधारलाई प्राथमिकतामा राख्ने बताएका छन्। उनको अभियानले वीरगञ्ज महानगरको विकास, सेवा प्रवाह र सुशासनका विषयलाई राजनीतिक बहसमा ल्याउने प्रयासका रूपमा देखिएको छ।



