भारतीय महावाणिज्यदूतावासका कन्सुल मनीष दाससँग नेपाल फोटो पत्रकार महासंघको शिष्टाचार भेटघाट

तेस्रो महाधिवेशनको स्मारिका हस्तान्तरण, फोटो पत्रकारिताको विकास र पेसागत चुनौतीबारे छलफल

वीरगन्ज। नेपाल फोटो पत्रकार महासंघको केन्द्रीय कार्यसमितिले भारतको महावाणिज्यदूतावास, वीरगन्जका कन्सुल मनीष दाससँग शिष्टाचार भेटघाट गरेको छ। भेटका क्रममा महासंघको तेस्रो महाधिवेशनका अवसरमा प्रकाशित स्मारिका कन्सुल दासलाई हस्तान्तरण गरिएको हो।

महासंघका केन्द्रीय अध्यक्ष हरि रेग्मी र केन्द्रीय सदस्य राहुल गुप्ताले कन्सुल दाससँग भेट गरी फोटो पत्रकारिताको वर्तमान अवस्था, विकास र प्रवर्द्धनका विषयमा छलफल गरेका थिए।

भेटघाटका क्रममा कन्सुल दासले फोटो पत्रकारहरूको अवस्था, उनीहरूले पेसागत क्षेत्रमा भोग्दै आएका चुनौती, हकहितको संरक्षण तथा फोटो पत्रकारिताको विकास र प्रवर्द्धनका विषयमा चासो व्यक्त गरेका थिए। यस क्रममा फोटो पत्रकारिताको संस्थागत विकास, पेसागत क्षमता अभिवृद्धि तथा यस क्षेत्रमा देखिएका चुनौतीको समाधानका लागि सम्बन्धित निकायबीच सहकार्य र समन्वय आवश्यक रहेको विषयमा विचार आदानप्रदान भएको थियो।

छलफलका क्रममा फोटो पत्रकारहरूको पेसागत मर्यादा, अधिकार र सुरक्षाको सुनिश्चितता, क्षमता अभिवृद्धि तथा फोटो पत्रकारितालाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो। यस्ता शिष्टाचार भेटघाटले संस्थागत सम्बन्ध विस्तार गर्नुका साथै आपसी समझदारी बढाउन र आगामी दिनमा सहकार्यका सम्भावनालाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

यसैबीच, महासंघका केन्द्रीय अध्यक्ष हरि रेग्मीले भेटघाटलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै केन्द्रीय सदस्य राहुल गुप्ताप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

अध्यक्ष रेग्मीले गुप्ताको सक्रियता, सहयोग र समर्पणले संस्थागत सम्बन्ध विस्तार तथा सुदृढीकरणमा योगदान पुर्‍याएको उल्लेख गर्दै आगामी दिनमा पनि फोटो पत्रकारिताको विकास, पत्रकारहरूको हकहित संरक्षण र विभिन्न निकायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल फोटो पत्रकार महासंघले फोटो पत्रकारहरूको पेसागत हकहित संरक्षण, क्षमता अभिवृद्धि तथा फोटो पत्रकारिताको विकास र प्रवर्द्धनका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय र सहकार्य गर्दै आएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close