अत्यन्तै दु:खद घटना अर्घाखाँचीमा टिप्परले किचेर ३ बर्षको बालकको मृत्यु

अर्घाखाची साउन ३१
गोरुसिङ्गे अर्घाखाँची सडक खन्ड अन्तरगतमा पर्ने शितगङ्गा नगरपालिका वाड न.२ राजुबास (झुलुङेपुल) नजिकै आज बिहान १०:१५ बजे चनौटा देखि सन्धिखर्क जाँदै गरेको लु ८ ख ६६७८ खाली टिप्परले सन्धिखर्क नगरपालिका ७ बागमारा देखि ठाडा आउदै गरेको लु ३२ प २३९१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा सन्धिखर्क नगरपालिकाका ७ बागमारा बर्ष ३ का बालक अभिषेक थापाको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी ठाडाका प्रमुख बाबुराम बस्नेतले जानकारी दिनु भएको छ। मोटरसाइकलमा सावार २ जना बच्चा सहित ४ जना रहेको अरु ३ जना सामान्य घाइते भएको उपचारको लागि स्वास्थ चौकी ठाडामा उपचार भै रहेको छ भने मृतक बालकलाई पोस्ट्माटमको लागि सन्धिखर्क पठाइएको छ।

मोटरसाईकल,टिप्पर र ड्राइभर प्रहरिकै नियन्त्रणमा रहेको बस्नेतले बताउनु भएको छ। टिप्पर सन्धिखर्क नगरपालिका ७ बागमारा रहेको जानकारी आएको छ भने मृतक बालकपनि सन्धिखर्क नगरपालिका ७ बागमाराकै रहेको इप्रका ठाडाले जनाएको छ। घटनामा प्रहरी टोलि सहित स्थानियहरुले घटनास्थलमै पुगेर उद्वार कार्य भै रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close