
बिरगंज , जेष्ठ २५ गते आइतबार ।
बिश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागी नेपाल सरकारले आह्वान गरेको बन्दाबन्दी (लकडाउन) को मौका पारी मिति २०७७।०२।२४ गते अं.१६:४५ बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ रजन्ती चोक स्थित यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले ना. ७ ख ९७४४ नं.को ट्याङकरमा चेकजाँच गर्दा लागु औषध Wincirex 100 ML को ८ बोतल, र सो ला.औ.लाई ५०० ML को माउन्टेन डिउको बोतलमा १ बोतल र १ लिटरको पानीको बोतलमा १ बोतल खन्याई लुकाई छिपाई राखेको लागु औषध फेला परेकोले ट्याङकर र चालक जि.बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.२१ अमलेखगंज बस्ने बर्ष २६ को बिशाल खड्का र सह चालक ऐ.ऐ.बस्ने बर्ष १८ को देव कुमार वललाई ला.औ.सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको पर्सा प्रहरीले जनाएको छ ।




