एम्बुलेन्सबाट ५६ किलो लागुऔषध गाँजा सहित तिनजनालाई पर्सा प्रहरीले पक्राउ

वीरगन्ज २८ जेठ
एम्बुलेन्सबाट लागुऔषध गाँजाको तस्करी गरिरहेको अवस्थामा ५६ किलो लागुऔषध गाँजा सहित तिनजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पर्सा प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरी लागुऔषध गाँजा सहित पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला पर्सा बहुदरमाई नगरपालीका वडा नम्बर ५ भौराटार बस्ने वर्ष ३२ को हरिशंकर महतो, जिल्ला सर्लाही लालबन्दी नगरपालीका वडा नम्बर १५ बस्ने वर्ष २३ को जित बहादुर वाइवा र वर्ष २२ को दिल बहादुर वाईवा रहेका छन ।

विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बहुदरमाई नगरपालीकाको भौराटार स्थित बाट ना ४ च ८५९९ नम्बरको अल्पाईन मेडिकल कलेज टिचिगं हस्पिटल सिमरा बाराको एम्बुलेन्सले बोकेको ५६ किलो लागुऔषध गाँजा सहित तिनैजनालाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक गौतम थापाले जानकारी दिनु भयो ।

प्रहरी निरीक्षक रबि भुषण यादवको कमाण्डमा खटिएको प्रहरीटोलीले लकडाउनको बेलामा ठुलो मात्रा गांजा सहित कारोवारीलाई पक्राउ गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close