तेल ट्याङकरमा भारत तर्फ लैजादै गरेको अवस्थामा रक्सी बरामद

वीरगन्ज २८ जेठ
बिश्‍वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकारले आहवान गरेको बन्दाबन्दीको मौका पारी तस्करहरुले तस्करी सुरु गरेका छन्।

ना.२ ख ७३७५ नं.को तेल ट्यांकरमा विभिन्न ब्राण्डका रक्सीहरु राजश्व छली चोरी निकासी गरी भारत तर्फ लैजाँदै गरेको छ भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको प्रहरी टोलीले आज मिति २०७७।०२।२८ गते बिहान ०६:३० बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.१६ रजतजयन्ती चौकको सडकमा भरत तर्फ लेजादै गरको ना.२ ख ७३७५ नं.को तेल ट्यांकरमा चेक गर्दा उक्त ट्यांकर बाट गोल्डेन ओकै ४८ पिस, नेपाल आइश बियर २४ पिस, सिग्नेचर ३३पिस र 8848 भोड्का २८ पिस सहित चालक र सहचालकलाई पक्राऊ गरको छ।

पक्राऊ पर्नेमा ट्याङकरका चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.१६ बस्ने लाल बहादुर थिङको छोरा वर्ष ४७ को सन्दिप थिङ र सह-चालक ऐ.ऐ.वडा नं.२१ बस्ने पदम बहादुर बुढाथोकीको छोरा वर्ष २२ राधे बुढाथोकी रहेका ही हुन । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको छ भने जिल्ला प्रहरी कार्यालय ले जनाएको छ।

प्रहरी निरीक्षक रबि भुषण यादवको कमाण्डमा खटिएको प्रहरीटोलीले लकडाउनको बेलामा तेलको ट्याङकरमा
भारत तर्फ लैजादै क्रममा रक्सी बरामद सहित कारोवारीलाई पक्राउ गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close