
राजन कुमार बानिया
पोखरिया १० भदौ
सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्र्ट भिखमपुर को गस्ती टोली ले पर्साको जगरनाथपुर गाउँपालिका वडा नं २ पॅाडेपुरको सिमा नाका बाट अाज बिहान ५ बजे करिब धान काटन मशिनमा प्रयोग हुने लाखौ को पार्टपुर्जा र बैट्री बरामद गरेका छन।
अबैध रुपमा भारत को ईनार्वा बजार बाट नेपाल तर्फ भारतीय मोटरसाईकलमा धान काट्ने मसिनमा प्रयोग हुन पार्टपुर्जा र दुई बक्स बैट्री लिएर आउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल बिओपि भिखमपुर बाट खटिएको सशस्त्र प्रहरी निरिक्षक किसमान तामाङ को टोली ले बरामद गरेका छन। समान लोड देखि मोटरसाइकल मा रहेको समान हरु छोडेर भागेकोले उक्त बरामद सामान मा कम्पाईन को रेन्जपोकेट १५ वटा,सुपरोस ३०६ वटा,बरोडेक्स ५ वटा, पिरिकोल ६ वटा,६एफ२२ ब्याट्री ५सय वटा,ब्यट्री २ सय, बरामद गरिएको छ।
बरामद गरिएको समान हरु करिब दुईलाख भन्दा बढिको रहेको छ।र साथै बिअार २२ एसि ३५०४ नम्बर को मोटरसाईकल समेत रहेको बरामद समान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंज पठाईएको सिमा सुरक्षा कार्यालय पर्सा का सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका ले जनाए का छन।




