
राहुल गुप्ता
वीरगंज, पर्सा
नेपाल कांग्रेस पर्सा ले महामानव वि.पि.कोइरालाको ११० औ जन्म जयन्तीको अवसरमा प्रवचन कार्यक्रमको आयोजना गरी मनाएको छ।
नेपाली कांग्रेस पर्सा ले वि.पि जन्मजयन्तीमा प्रवचन कार्यक्रमको आयोजना गरेर मनाएको छ।वीरगंज महानगरपालिका रामगढवा स्थित ज्योति नगरमा अवस्थित पार्टी कार्यालयमा आज आइतबार प्रवचन कार्यक्रमको आयोजना गरि वि.पि जन्म जयन्ती मनाएको छ ।
कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल ले वि.पि कोइराला को जिवनी तथा उनका विचारहरु लाई आत्मसात गरि अगाडि बढ्नु पर्ने बताए । वि. पि कोइराला बारे जानकार रहेका ब्यक्ती बाट उहाले देश को लागि गरेका योगदान तथा तथा उहाको विचारहरु बारे अहिले का युवा तथा जनता लाई बताउनु पर्ने बताए।
महामानव वि.पि.कोइरालाको ११० औ जन्म जयन्तीको अवसरमा प्रवचन कार्यक्रममा नेपाली काँग्रेस पर्सा का सभापति तथा मधेश प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री ले महामानव वि.पि.कोइराला ले लोकतन्त्र स्थापना गर्नको लागि धेरै संघर्ष गरेका थिए साथै नेपाल बाट भारत मा गइ बसेको बेला नेपालमा उहाँ को मृत्य दण्डको सजाय सुनाएका थिए र भारतका केहि नेताहरुले भने वि.पि जि तपाइ नेपाल नजानु मृत्यु दण्डको सजाय छ तर त्यहाँको नेताहरूको कुराको अवस्था नगरि म आफनो देशमा लोकतान्त्र स्थापना गर्नको निम्ति मर्न पनि तयार छु तर म जान्छु भनेका थिए साथै महामानव वि.पि. एक असल साहित्यकार,साइनसटिक,र राजनितिज्ञ व्यक्तितव थिए भनि बताएका थिए ।
नेपालको राजनीतिक व्यवस्था परिवर्तनमा मात्रै नभएर साहित्य जगतमा विश्वेश्वर प्रसाद कोइरालाको योगदान स्मरण गराउन असल व्यक्तित्वको पहिचान दिए मात्र उहाको नाम जिवित रहने नेपाली कांग्रेस पर्साका उप-सभापति रामनारायण कुर्मीले बताए।
कांग्रेस पर्सा का उपसभापति रामनारायण कुर्मिले नेपाली कांग्रेस का महामहिम वि.पि कोइराला को ११० औ जन्मदिनको अवसरमा वहाँ बारे बोल्न पाएको मा खुशी लागेको बताए । त्यस्तै वि.पि कोइरालाको विचार देशमा मात्र नभइ विश्वमा नै आत्मसात गरिएको बताए ।
उक्त कार्यक्रम नेपाली कांग्रेस पर्साका सभापति तथा मधेश प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघिय मन्त्री रमेश रिजालको प्रमुख अतिथिमा भएको कार्यक्रममा नेपाली काँग्रेस पर्साका उप-सभापति रामनारायण कुर्मी,असोक गुप्ता, नेपाली कांग्रेस पर्साका सचिव तथा वीरगंज महानगरपालिकाका उप=प्रमुख इम्तियाज आलम,सह-सचिव नबिन कुमार सिंह प्रवक्ता रमेश पाण्डे,नेपाल महिला संघकि केन्द्रिय सदस्य किरण सरकार,नेपाल महिला संघ पर्साकी किरण शर्मा,नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल, नेविसंघ,नेपाल महिला संघ, संगठनहरुको उपस्थिति रहेको थियो भने स्वागत मन्तव्य तरुण दल पर्साका जिल्ला अध्यक्ष बिकास तिवारीले गरेका थिए भने कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस पर्साका सह-सचिव नबिन सिंहले गरेका थिए।




