सबै सवारी पास खारेज गर्ने गृह मन्त्रालयको निर्णय

काठमाडौं- गृह मन्त्रालयले लकडाउनको समयमा सवारी साधन सञ्चालनमा लागि दिएका सबै सवारी पास खारेज गरेको छ ।

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेर जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै सबै पास खारेज गरिएको हो ।

पासले जोरबिजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्यारो भएकाले सबैप्रकारका पास खारेज गरिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए ।khabarhub

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close