
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधनमा सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्।
पौडेलका माइला भाइ गोविन्दराज पौडेलको सोमबार निधन भएको थियो।
उनको निधनमा सभापति देउवाले गहिरो दु:ख व्यक्त गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर उल्लेख गरेका छन्।
‘मेरा मित्र रामचन्द्र पौडेलजीका भाइ चितवन रत्ननगर निवासी गोविन्दराज पौडेलको निधनको खबरले दुखीत भएको छु। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथ शोकाकुल परिवारमा पार्टी र आफ्ना व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ।setopati
आफ्नो प्रतिक्रिया दिनुहोस




