कैलाली प्रहरीले तास र नगद सहित जुवा खेली रहेका ७ जना पक्राउ

 

कैलाली , असार ०५ गते शुक्रबार ।

जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं.०१ सुखड स्थित करण थापाको घरको कोठमा तास खेली रहेको भन्ने गोप्य सुचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समुह (RIT) र ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले बिहीबार रात्री अन्दाजी ५:४५ बजेतिर जुवा खेली रहेको अवस्थामा नगद रु. ८,९३,०५०।– , ७ थान मोबाईल र तास सहित सात जनालाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कैलाली घोडाघोडी न.पा. १ बस्ने बर्ष ३२ को अक्कल
बहादुर शाही ,सोहि स्थान बस्ने बर्ष ३२ को दिपेश एेर , कैलाली लम्की
चुहा नगरपालीका वडा नं. ४ वस्ने वर्ष ४० विक्रम वुढा , कैलाली जिल्ला
धनगढी उप-महानगरपालीका वडा नं. ३ वस्ने वर्ष ३८ को तुलाराम भन्ने तिलक अधिकारी , कैलाली टीकापुर नगरपालिका वडा न.१ बस्ने बर्ष
४० को मोहन जैशी, कैलाली लम्की चुहा नगर पालिका वडा न.१ बस्ने बर्ष ३० को कमल चौधरी र जिल्ला बैतडी पुरचुडी नगरपालिका वडा नं. ८ बस्ने बर्ष ५० को कैलास सिह धामी रहेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close